८ कार्तिक २०८३, आइतबार

घरैअगाडि राखेको मोटरसाइकल चोरेर भाग्दै गरेका दुई जना ट्राफिक प्रहरीद्वारा पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

किर्तिपुर नगरपालिका–९, नगाउँस्थित आफू बस्दै आएको घर अगाडि पार्किङ्ग गरी राखेको स्थानबाटहराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका–७ घर भई हाल काठमाडौं नारायणटार बस्ने १८ वर्षीय सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिञ्जाली मगर छन् ।

चोरी भएको सूचचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विनाचावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका–९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकल साउन २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका–९, नगाउँबाट हराएको उजुरी प्रहरीकोमा परेको थियो । पक्राउ परेको मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान एवम् कानुनी कारबाहीका लागि प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।