
काठमाडौं, २५ साउन । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाव दिएका छन् ।
नेकपा एमाले दुवै पक्षका नेताहरू लचकताका साथ एकताको विन्दु पहिल्याउने प्रयास गरिरहेका बेला नेता भट्टराईले यस्तो सुझाव दिएका हुन् । नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकताबद्ध हुने तयारी गरिरहेका बेला भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाव दिएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेका छन् ।
‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा. भट्टराईले लेखेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउन सक्छ । अतः ढुक्क भएर आ–आाफ्ना पार्टी वा गुटतिर नफर्कौं ।’















प्रतिक्रिया