मुम्बई । बलिउडका सुपरस्टार सञ्जय दत्तले आफ्नौ कुशल अभिनयले धेरैको मन जितेका छन् । उनले थुप्रै बलिउडका सुन्दरीहरूसँग काम गरेका छन् । उनले बलिउड अभिनेत्रीहरूसँग काम गर्ने क्रममा ऐश्वर्या राय जस्ती सुन्दर अभिनेत्री कहिल्यै नदेखेको बताएका थिए ।
उनले पहिलो पटक ऐश्वर्यालाई देख्नेवित्तिकै भनेका थिए, ‘यति धेरै सुन्दर युवती ।’ उनीहरू पहिलोपटक एउटा व्यवसायिक विज्ञापनको क्रममा भेटिएका थिए ।
ऐश्वर्यालाई देखेपछि सञ्जयले उनलाई बलिउडमा नआउन आग्रह गरेका थिए । बलिउड उद्योगमा कदम राखेपछि त्यहाँभित्रको नियम र परम्परा अबलम्भन गर्दागर्दै ऐश्वर्याको सुन्दरतामा हराउने भयले उनले ऐश्वर्यालाई फिल्म क्षेत्रमा नआउन आग्रह गरेका हुन् । उनले एक अन्तरर्वातामा भनेका थिए, ‘यदि ऐश्वर्या सडकमा उभिइन् भने मानिसहरू उनलाई हेर्नका लागि गाडी रोक्नेछन् ।’ – एजेन्सी















प्रतिक्रिया