८ कार्तिक २०८३, आइतबार

तुलसीपुरका मासु व्यवसायीलाई सरसफाईमा ध्यान दिन निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, २४ साउन । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले मासु व्यवसायीलाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ ।

आइतबार बिहान बस पार्क स्थित पशु बधशाला स्थित, मासु पसल र पशुपंक्षी बध गर्ने स्थानको अनुगमनका क्रममा मापदण्ड अनुसार सरसफाईमा ध्यान नदिएको पाइएपछि निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । अनुगमन टोलीले सरसफाई गर्न, झिंगा नलाग्नेगरी जालीको व्यवस्था गर्न, डि–फ्रिजको व्यवस्था र पसल नवीकरण गर्न समेत निर्देशन दिएको छ । निर्देश कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ ।

बधशालामा रहेका मासु पसललहरुमा झिंडा भन्किएको, सरसफाईमा ध्यान नदिएको र उपभोक्ताहरु बासी मासु खरिद गर्न बाध्य भएको भन्दै जनगुनासो आएपछि उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा अनुगमन गरिएको थियो । रागाँ, खसी, कुखुरा, बंगुर लगाएतका कबिर एक दर्जन मासु पसलमा अनुगमन गरिएको थियो ।

अनुगमन टोलिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक बञ्जारा, तुलसीपुर उपमहागनरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, राजश्व शाखा प्रमुख भिम खत्री, वरीष्ठ पशु चिकित्सक सुवाश आचार्य, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष केश कुमार शर्मा, तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य अजय बुढाथोकी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, अस्थायी प्रहरी विट वस पार्कका प्रमुख भीमबहादुर रावत लगायतको सहभागिता थियो ।