८ कार्तिक २०८३, आइतबार

योगेश भट्टराईकी आमाको निधनप्रति एमालेद्वारा शोक व्यक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको निधनप्रति पार्टीले शोक व्यक्त गरेको छ ।

आज आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित एक वक्तव्य जारी गर्दै एमालेले महेन्द्रादेवीको निधप्रति दुःख व्यक्त गरेको हो । ‘यस दुःखद् घडीमा हाम्रो पार्टी दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न कमरेड योगेश भट्टराईलगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ वक्तव्यमा उल्लेख छ ।

भट्टराईकी ९५ वर्षीया आमाको हिजो (साउन २३ गते) काठमाडौंमा निधन भएको थियो । स्व. भट्टराईको आज आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।