८ कार्तिक २०८३, आइतबार

भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । भूमिसम्बन्धी आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको आह्वानमा आज आइतबार उनीहरूले कोटेश्वरमा प्रदर्शन गरेका हुन् । आयोग खारेज गर्ने सरकारको निर्णयले लाखौं भूमिहीनलाई चोट पुगेको ठहर गर्दै संगठन आन्दोलित भएको हो ।

प्रदर्शनको क्रममा संगठनले तत्काल निर्णय बदर नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । निवर्तमा सरकारले गठन गरेर काम अगाडि बढिसकेको आयोग शेरबहादुर देउवा नेतृत्वको सरकार आउनेवित्तिकै विघटन गरिएको थियो ।

उक्त निर्णयविरुद्ध अहिले विभिन्न संससंगठन र सरोकारवालाहरूले विरोध गरिरहेका छन् । जनस्तरबाट विरोध चर्किन थालेपछि सरकारले आयोग पुनः गठन गर्ने मौखिक आश्वासन दिन थालेको छ ।