
काठमाडौं, २४ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालत गएका छन् ।
आयोग विघटन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् ।
उनको निवेदनमाथि भोलि सोमबार पेसी तोकिएको छ ।
आयोग विघटनविरुद्ध गत शुक्रबार पनि रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।















प्रतिक्रिया