८ कार्तिक २०८३, आइतबार

शाहीपुरको तटबन्ध भत्किएपछि कर्णाली गाउँ पस्ने खतराले स्थानीय चिन्तित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फइल फोटो

कैलाली, २४ साउन । निरन्तरको वर्षासँगै कर्णाली नदीको तटबन्द भत्किएपछि कर्णाली नदी गाउँ पस्ने खतराले स्थानीयवासी चिन्तित बनेका छन् ।

कर्णालीले कटान गर्नाका साथै टीकापुर नगरपालिका–५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध समेत कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो ।

नदीमा पानीको सतह बढ्दै जाँदा कटान समेत बढ्दै गइरहेको छ । कर्णाली नदीको शाहीपुर वन क्षेत्रमा नदीले गत वर्ष निर्माण गरिएको १५० मिटर बढी तटबन्ध भत्काएको छ ।

दैनिकरुपमा कटान हुन थालेपछि टीकापुर नगरपालिका वडा नं। ५, ६, ७ र ८ का स्थानीय त्रसित छन् । नदीले सो क्षेत्रमा कटान गर्दा शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा छ ।