८ कार्तिक २०८३, आइतबार

शीर्ष नेताको एकताका लागि एमाले दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मिलाउनका लागि दोस्रो तहका नेताहरूले अझै प्रयत्न गरिरहेका छन् ।

जति प्रयत्न गर्दा पनि मिल्न नसकेका शीर्ष नेताको पुनर्मिलनका लागि आज पनि दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । यसअघि गठन भइ भङ्ग समेत भइसकेको कार्यदलमा सहभागी नेताहरु अझै एमालेभित्र एकताको सम्भावना खोज्दै निरन्तर छलफलमा जुटिरहेका हुन् ।

तर, शीर्ष नेता भने आ–आफ्नो अडानमा यथावत रहिरहँदा एकता झन् पर झन् पर गइरहेको अनुमान लगाउन सकिन्छ । सम्मानजनक एकताको पर्खाइमा रहेको असन्तुष्ट पक्ष नेपाल–खनाल समूह ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने वा माधव नेपालाई हस्ताक्षरसहितको दोस्रो अध्यक्ष बनाउनुपर्ने अडानमा छ । एमाले संस्थापन (ओली समूह)ले भने पार्टीको विधानमै नभएको विषयलाई एकताको नाममा कसरी स्थापित गर्ने भनेर प्रश्न गरिरहेका छन् ।

त्यसो त यसअघि विधि र पद्धतिको चर्को आवाज उठाएका नेपाल–खनाल समूह नै अहिले विधानविपरीतको सम्मान खोज्न थालेपछि एमालेभित्रको रडाको विधि, विधान र पद्धतिका लागि भन्दा पनि शक्ति र सत्ताकै लागि मात्रै भएको क्रमशः पुष्टि हुँदै गएको छ ।

यसैबीच नेकपा एमालेले एकताका लागि भन्दै आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । त्यसलगत्तै पार्टीका दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफलमा दुबै समूहका नेताहरू सहभागी छन् ।

उनीहरूबीच पार्टी एकताको नयाँ विन्दु पहिल्याउनेगरी छलफल भइरहेको स्रोतको भनाइ छ । गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भए पनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो ।