
लण्डन, २४ साउन । लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी)को खेलाडी हुने पक्का भएको छ । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।
फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । मेस्सीले यहाँ वार्षिक ४ करोड युरो तलब बुझ्नेछन् । नेइमारले ३ करोड ५० लाख वार्षिक तलब बुझ्दै आएका छन् ।
‘फ्रान्सेली क्लबले विगतमा जुन तलब दिने इच्छाशक्ति देखाएको थियो, त्यसको दाँजोमा यो थोरै कम हो,’ एल इक्विपेले लेखेको छ, ‘तर यो मेस्सीको माग सुहाउदो छ । सम्झौताका लागि आइतबार मेस्सीका प्रतिनिधि र क्लबका अधिकारीबीच छलफल हुँदैछ ।’
यसअघि बिहीबार बार्सिलोनाले मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने जनाएको थियो । मेस्सी र पिएसजीबीच सहमति बनिसकेको र यसले चाडैं अन्तिम रुप लिने पिएसजीका मालिक तथा कतारी राजकुमार तमिम बिन हमाद अल थानीका भाई खालिद बिन हमादले जनाएका थिए ।















प्रतिक्रिया