८ कार्तिक २०८३, आइतबार

४८ ग्रामको १ थान सुनका गहनासहित तीन जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । ४८ ग्रामको १ थान सुनका गहनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेंलो रंगको धातुको ४८ ग्रामको १ थान बालासहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्व र नगरपालिका–५ घर भएका ३१ वर्षीय मुन्दिप भुजेल, पर्सा ठोरी गाउँपालिका–४ स्थायी वतन भएका ३७ वर्षीय कृष्णबहादुर पाख्रिन र सोही ठाउँ बस्ने २८ वर्षीय विनोद लामा छन् ।

भुजेलले दुवईबाट भन्सार उद्घोष नगरी उक्त धातुको बाला लुकाई छिपाई लैजाने क्रममा अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियामा पाख्रिन र लामाले भुजेललाई डर त्रास धम्की देखाई उक्त धातुको बाला लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।