८ कार्तिक २०८३, आइतबार

यार्सागुम्बालगायत जडिबुटीसहित एक जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । यार्सागुम्बालगायत जडिबुटीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटी जस्तो देखिने बस्तु ४१२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १०० ग्रामसहित जुम्ला कन्कासुन्दरी गाउँपालिका–८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाई ल्याएको उक्त जडिबुटी फेला पारी पक्राउ गरेको बताएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।