८ कार्तिक २०८३, आइतबार

काठमाडौं ५ मा टुकोनको क्षेत्रीय समिति गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौं क्षेत्र नं. ५ मा क्षेत्रीय कार्यसमिति गठन गरेको छ ।

महासंघका अध्यक्ष एवं राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य हिक्मतजंग भण्डारी, वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, उपाध्यक्ष प्रवलनरसिंह राणालगायत टुकोनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको उपस्थितिमा ५ नं. क्षेत्रको क्षेत्रीय समिति गठन भएको हो ।

रामचन्द्र अर्यालको अध्यक्षतामा गठित सो समितिको सदस्यहरूमा सुब्बा नेपाली, कुमार खड्का, रामकृष्ण थापा, शशी प्रसाद कुईंकेल, रामलाल श्रेष्ठ, काली मिजार, मुरारी प्रसाद खनाल, रमेश सिलवाल, कर्म तामाङ, प्रदिप पोखरेल, विक्रम दाहाल, अनिश श्रेष्ठ र मनिष थापा छन् । समितिको सल्लाहकारमा पार्टीका नेताद्वय सुनिता कुरुम्वाङ र केशव रेग्मी छन् ।

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गर्दै टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीले नयाँ समितिबाट महासंघको उद्देश्यअनुरूप आम श्रमिकवर्गको हितमा आवाज वुलन्द गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साउन मसान्त सम्ममा काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गरिसक्ने बताउँदै अध्यक्ष भण्डारीले श्रमिकहरूको हकहितका साथै महासंघको संगठन विस्तारमा समर्पित हुन नवगठित समितिलाई निर्देशन दिएका छन् ।