१ कार्तिक २०८३, आइतबार

टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा आज महत्वपूर्ण प्रतिष्पर्धाहरु हुँदैछन् ।

आज एथलेटिक्स, बक्सिङ, साइक्लिङ, डाइभिङ, पुरुष फुटबल, ह्याडबल, कराँते, जिम्न्यास्टिक, भलिबल, वाटर पोलो, कुस्ती खेलहरुमा स्वर्णको टुंगो लाग्दैछ ।

१५औं दिनसम्म चीन ३७ स्वर्णका साथ पहिलो स्थानमा छ । अमेरिका ३३ स्वर्णका साथ दोस्रो, जापान २४ स्वर्णका साथ तेस्रो, बेलायत १७ स्वर्णका साथ चौथो र १७ स्वर्णका साथ रुस पाचौं स्थानमा छ ।

पुरुष बास्केटबलको उपाधि अमेरिकाले जितेको छ । फ्रान्सलाई प्रतिष्पर्धात्मक खेलमा ८७–८२ स्कोरले पराजित गर्दै लगातार ४ ओलम्पिकमा स्वर्ण जितेको हो ।

गल्फको स्वर्ण अमेरिकाकी नेली कोर्डाले जितेकी छिन् । नर्वेले पुरुष बिच भलिबलको स्वर्ण जितेको छ ।