८ कार्तिक २०८३, आइतबार

बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा (फोटोफिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा भएको आगलागी नेपाली सेनासहितको दलबलले नियन्त्रण लिएको छ ।

गएराति २ बजेदेखि भएको आगलागीको सूचना प्राप्त भएलगत्तै नेपाली सेनाको बालाजुस्थित श्री नं. १ बाहिनी अड्डाडका सहायक बाहिनीपतिको कमाण्डमा १२८ जना जनशक्ति २ वटा दमकलसहित परिचालित भएका थिए ।

उक्त आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीद्वारा ट्रस घर–१ भत्काइएको छ भने नेपाली सेनाको दमकलसहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकोप्टर समेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासीहरुको संयुक्त प्रयासमा उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।

उक्त आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी छ ।

हेर्नुहोस् तस्वीरहरू–