८ कार्तिक २०८३, आइतबार

प्रेमचन्द्र झाको संयोजकत्वमा रौतहटमा मानव अधिकार अनुगमन समिति गठन

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २२ साउन । रौतहटमा मानव अधिकार अनुगमन समिति गठन गरिएको छ ।

जिल्लामा पछिलो समय मानव अधिकार उल्लंघनका घटना बढेको र दोषी उन्मुक्ति पाउन थालेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि ७ सदसीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि अर्थात मानव अधिकार अधिकृत मनमाया राणाको विशेष उपस्थितिमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा शुक्रबार बसेको बैठकले उक्त समिति गठन गर्ने तथा पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । बैठकबाट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई चएन गरिएको छ ।

अध्यक्ष झाको संयोजकत्वमा गठित मानव अधिकार अनुगमन समितिको सदस्यहरुमा नेपाल वार एसोसिएसनका जिल्ला अध्यक्ष राजाराम यादव, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादव लगाएतलाई सर्वसहमतिले चएन गरिएको छ । जिल्लामा केही दिनयता घरेलु हिंसा, बलात्कार, यौन दुर्व्यवहार, वालविवाह, गालीगलौज, कुटपिट लगायतका घटनामा वृद्धि भएको छ ।

यस्ता घटनाका दोषी कार्यवाहीको भागिदार हुनुपर्नेको सट्टा उन्मुक्ति पाउने गरेको र पिडितले न्याय नपाउने प्रवृति बढेको छ । तर अब कुनै पनि घटनाका पीडितलाई जसरी पनि न्याय दिलाउने र पिडक अर्थात् दोषीलाई कानुनी कारवाही गर्नका लागि दबाब सृजना गर्ने काम गठित समितिले गर्ने नवगठित समितिका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।

जिल्लामा अब कुनै पनि घटना भए घटनास्थल पुगेर अनुगमन गर्ने र सत्य तथ्य पता लगाउने, पैरवी गर्ने, त्यसको पूर्ण विवरणसहितको प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउने काम आफुहरु गर्ने मानव अधिकार अनुगमन समितिका संयोजक झाले बताए ।

कुनै पनि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही र पिडितलाई न्याय दिलाउनका लागि दवाव सृजना गर्ने काम आफूहरु गर्ने भएको हुँदा अबदेखि कुनै पनि अपराधीले अपराध गरेर उन्मुक्ति पाउन नसक्ने उनले बताए ।