
काठमाडौं, २२ साउन । नेकपा एमालेको असन्तुष्ट पक्ष माधव कुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) समूहको केन्द्रीय कमिटी बैठकले दुवै पक्षका कार्यदलले तयार पारेको १० बुँदे सहमति पछ्याउँदै एकताको पहल गर्ने निर्णय गरेको छ ।
हिजोदेखि दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । सोही बैठकले १० बुँदे सहमतिको प्रस्ताव नै एकताको आधार भएकाले त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको बैठकपछि स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले जानकारी दिए ।
बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिए । बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसँग आग्रह गरेको छ ।















प्रतिक्रिया