३ कार्तिक २०८३, मंगलबार

सुवर्ण र दीपाले ल्याए तीज भाका ‘छमछम नाच बरीलै’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नजिकिँदै गरेको यस पटकको तीज पर्वलाई लक्षित गरेर गायक तथा संगीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोईरालाले नयाँ तीज भाका ‘छमछम छमछम नाच बरीलै…’ बजारमा ल्याएका छन् ।

यो गीतमा शब्द संगीत र संगीत संयोजना पनि सुवर्ण कुमारकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् । गीत नृत्य प्रधान बनेकाले यसपटकको तीजमा तीजगीत प्रेमीलाई नचाउने विश्वास गायक गायिकाको छ ।

सरस्वती श्रेष्ठ निर्माता रहेको यो गीतको भिडियोलाई सुवर्ण कुमारले नै छायांकन र सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका हुन् ।

यो तीज भाकाको भिडियोलाई भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा गायिका दीपा कोईराला सहित मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशब बीसी, प्रवेश पौडेल मुख्य भूमिकामा छन् । नृत्य कलाकारका रुपमा सुस्मिता श्रेष्ठ, सुस्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत छन् ।