८ कार्तिक २०८३, आइतबार

निजी अस्पतालका सञ्चालकलाई मन्त्री बनाएको भन्दै गोविन्द केसीद्वारा अनशन घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २२ साउन । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक–पटक आमरण अनशन बसेर चर्चामा आएका डा. गोबिन्द केसीले पुनः अनशनको घोषणा गरेका छन् ।

सरकारसमक्ष विभिन्न पाँचबुँदे माग अगाडि सारेर उनले अनशन बस्ने घोषणा गरेका हुन् । आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि अनशन बस्न शुरू गरिने उनको चेतावनी छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको मुख्य माग छ । हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको दाबी गर्दै उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको राजीनामा पहिलो शर्त बनाएका हुन् ।