
तुलसीपुर, २२ साउन । कोभिड महामारी नियन्त्रणका लागि इन्रुडेकको सहकार्यमा यूएसए आईडीले तुलसीपुर उपमहानगरपालिकामा ४ महिने अभियान सञ्चालन गर्ने भएको छ ।
साझेदारी–संघीयता सहयोग अन्तर्गत यूएसए आईडीले महामारी नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको हो । दाङमा यो कार्यक्रम तुलसीपुर उपमहागनरपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरपालिकामा लागू भएको छ ।
अभियान अन्तर्गत स्थानीय सेवा प्रभावहमा पारेको प्रभावको लेखाजोखा, कोभिड महामारीका बेला, प्रभावकारी योजना तथा प्रतिकार्यका लागि सञ्चालन कार्यविधिको तर्जुमा, कोभिड–१९ विरुद्ध लक्षित समूह केन्द्रित जनचेतना अभियान, कोभिडविरुद्धको योजना तथा प्रतिकार्य लक्षित पालिकाको प्रथामिकताहरूको कार्यान्वययनमा सहयोग, कोभिड जस्ता आपतकालीन अवस्थामा न्यूनतम सेवा प्रभावहको सुनिश्चितताका लागि सूचना प्रविधिको प्रयोग लगयत क्रियापलापहरू सञ्चालन गरिने भएको छ ।
कार्यक्रममा तुलसीपर नगर प्रमुख घनश्याम पाण्डेले महामारी नियन्त्रणका लागि योजनावद्ध ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । कोभिडको असर अझै २३ वर्षसम्म देखिन सक्ने भन्दै सम्भावित जोखिमबाट बच्नका लागि दातृ निकाय, विभिन्न संघसंस्था र सरोकारवाला निकायको भूमिका अपरिहार्य हुने उनको भनाइ छ ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, विपत व्यवस्थापन शाखाप्रमुख टोपबहादुर डाँगी, इन्रुडेकका अध्यक्ष धर्म रोकाय, तुलसीपुर उपमहागनरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीलगाएतले आ–आफ्ना धारना व्यक्त गरेका थिए ।















प्रतिक्रिया