शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दार्चुला घटना : प्रत्यक्षदर्शीलाई प्रहरीको सहयोगमा गाउँ पठाइयो

दैनिक नेपाल २०७८ साउन २२ गते १२:२२

दार्चुला, २२ साउन । भारतीय एसएसबीले तुइनको तार काटेर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएकोको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पठाएको छ ।

घटनापछि साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पठाइएको हो । खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार र मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो ।

बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो । बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएनन् ।

प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलग–अलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो ।

बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । प्रत्यक्षदर्शीसँग दुईजना प्रहरी पठाइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित