३ कार्तिक २०८३, मंगलबार

गीत चोर संगीतकार

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । जसका कारण उनी ट्वीटरको ट्रेनिङमा छन् । फिल्म ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो ।

उक्त गीतको धुन फिल्म ‘दिलजले’को गीत ‘मेरा मुल्क मेरा देश’सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिक बलिउडका चर्चित संगीतकारको अलवा इन्डियन आइडल १२ का जर्ज पनि हुन् । संगीत चोरीको कारणले उनी सामाजिक सञ्जाल प्रयोगकर्तादेखि ट्रोलसम्मको निशाना बनिरहेका छन् ।

मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनलाई यस्तो आरोप लागेको थियो । मिटु आन्दोलनको दौरानमा उनलाई यौन शोषणको आरोप पनि लगाइएको थियो । सोही कारण उनी इन्डियन आइडलबाट बाहिर भएका पनि थिए । –एजेन्सी