
काठमाडौं, २१ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनीयरिङलाई २४ घन्टाभित्र विद्यार्थीको माग पूरा गर्न चेतावनी दिएको छ ।
आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कलेजले विद्यार्थीलाई धम्की दिएर गुण्डागर्दी शैलीमा परीक्षा दिनबाट बञ्चित गराएको भन्दै अखिल क्रान्तिकारीले कारबाहीको माग गरेको हो ।
अखिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालयका इन्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सार्कीले विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड तथा सजाय गर्नुपर्ने माग गरे । उनले भने, ‘विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड, सजाय र कारबाही हुनुपर्छ ।’
उनले विद्यार्थीको माग सुनुवाई नगरेपछि आफूहरुले ताला लगाएको बताए । तर, प्रहरी लगाएर ताला खुलाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिए । ‘विद्यार्थीको गुनासो आएपछि ज्ञापनपत्र बुझायौं, तर सुनुवाई नभएपछि ताला लगायौं, तर ताला कलेज प्रशासनले आफुखुशी प्रहरी लगाएर खोल्यो,’ उनले भने ।















प्रतिक्रिया