८ कार्तिक २०८३, आइतबार

एसईईको नतिजा आगामी हप्ता आउने सम्भावना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल भएसँगै त्यस्तो तयारी गरिएको हो । अब प्राविधिक सम्पादन मात्रै बाँकी रहेकाले आगामी हप्ताभित्र यो वर्षको नतिजा तयार पारेर सार्वजनिक गर्न सकिने सम्भावना रहेको बताइएको छ ।

गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।