बंगलादेश, २१ साउन । बङ्गलादेशमा चट्याङ्ग लाग्दा १७ जनाको ज्यान गएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् ।
बङ्गलादेशको शिवगञ्जमा बेहुली लिन गएका बेला परेको चट्याङ्ग लागेर १७ जनाको ज्यान गएको र १४ जना घाइते भएका बीबीसीले जनाएको छ ।
डुङ्गाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ्गले लागेको खबरमा उल्लेख छ । प्रत्यक्षदर्शीका अनुसार एकैपटक धेरै चट्याङ्ग खसेको थियो । बङ्गलादेशमा हरेक वर्ष चट्याङ्गले ठूलो जनधनको क्षति हुने गरेको छ ।















प्रतिक्रिया