शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

रेडबुल साल्जवर्गसँग बार्सिलोनाको पराजय

दैनिक नेपाल २०७८ साउन २१ गते ८:५५

लण्डन, २१ साउन । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग हार बेहोरेको छ । बार्सिलोनाले घरेलु टोली साल्जवर्गसँग २–१ को हार बेहोरेको हो ।

रेडबुल एरिना वाल्स सिजनेहेइनमा बुधबा राति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए । खेलको ४३औं मिनेटमा लुका सुसिसको गोलबाट साल्जवर्गले पहिलो हाफमा सुरुवाती अग्रता लिएको थियो ।

८२औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ९०औं मिनेटमा ब्रेन्डेन आरोनसनले गोल गर्दै साल्जवगलाई २–१ को जित दिलाए । बल पोसेसनमा बार्सिलोनाले पकड जमाएपनि साल्जवर्गको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो ।

बार्सिलोनाले साल्जवर्गविरुद्ध मेम्फिस डिपाए, एन्टाइन ग्रिजमन, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो र सर्जिनो डेस्टलाई पहिलो रोजाईमा उतार्दा सर्जि रोबर्टो, मार्टिन ब्रेथवेट, स्यामुइल उम्टिटि, रिकी पुच, रिकी पुच र रे मानाजले सब्सिच्युट खेलाडीको रुपमा खेल्ने मौका पाएको थियो ।

बार्सिलोनाले अब ८ अगस्टमा जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । त्यसपछि बार्सिलोना नयाँ सिजनमा होमिनेछ । साल्जवर्गले अष्ट्रिय वेइनसँग अष्ट्रियन बुन्डेसलिगामा तेस्रो राउन्डको खेल खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित