२ कार्तिक २०८३, सोमबार

बढ्दै कोरोना संक्रमण, थप ४ हजार १०७ जनामा पुष्टि, ३५ को मृत्यु, १५ सय ३५ निको

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ र एन्टिजेन विधिबाट ४ हजार ९४४ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार १०७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ६९ हजार ६५२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४६४ जना रहेको छ ।

हालसम्म २० लाख ७४ हजार ७८६ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।