३ कार्तिक २०८३, मंगलबार

भारतीय गायक हनी सिंहविरुद्ध पत्नीले दर्ता गरिन् घरेलु हिंसाको मद्दा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड गायक हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छिन् ।

तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गरेकी छिन् । उनले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ । मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।

अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ ।

हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक लगाइएको छ । वकिलहरू सन्दीप कपूर, अपूर्व पाण्डे र जीजी कश्यपले तलवारको पक्षबाट मुद्दा दायर गरेका थिए ।

हनी सिंह र शालिनी तलवारको सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारामा विवाह भएको थियो । सन् २०१४ मा इन्डियाज रकस्टार नामक रियालिटी शोमा हनी सिंहले आफ्नो पत्नीलाई सबैलाई चिनाएका थिए । तलवारले हनी सिंहमाथि शारीरिक र मानसिक हिंसाको आरोप लगाएकी छिन् ।