शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

ओलम्पिकको पदक तालिकामा चीनले सबैलाई उछिन्यो

दैनिक नेपाल २०७८ साउन २० गते ८:५०

टोकियो, २० साउन । चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको टोकियो ओलम्पिक–२०२० को ११औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ ।

चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ पदक जित्दै चीनलाई पछ्याइरहेको छ । आयोजक जापान १९, स्वर्ण ६ रजत र ११ कास्यगरी कुल ३६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ ।

१४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि टोली ९आरओसी० १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहेको छ । इंग्ल्यान्ड १३ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४३पदक जितेर छैटौं स्थानमा रहेको छ ।

जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यगरी ३० पदकसहित सातौं स्थानमा उक्लदा फ्रान्स ६ स्वर्ण, १० रजत र ८ कास्यसहित २४ पदक जितेर आठौं स्थानमा झरेको छ । नेदरल्यान्ड्स ६ स्वर्ण, ७ रजत र ७ कास्यगरी २० पदक जित्दै नवौं स्थनमा उक्लदा मंगलबार कुनै पदक जित्न नसकेको दक्षिण कोरियाल६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहित शीर्ष १० मा अटाएका छन् ।

न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्यगरी १५ पदक जितेको छ । इटाली ५ स्वर्ण, ९ रजत र १५ कास्यगरी २९ पदकसहित १२औं स्थानमा रहेको छ । हंगेरीले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ दिक जितेको छ । क्युवाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी ११ पदक जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जित्दै शीर्ष १५ मा अटाएका छन् ।

क्यानडा, स्वीट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन् । चाइनिज ताइपेइ, पोल्यान्ड, डेनमार्क, जमैका, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।

स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इन्डोनेसिया, सर्विया, बेल्जियम इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजि, इरान, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८३ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित