शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

एन्फा विवाद सुल्झाउन राखेपद्वारा छानबिन समिति गठन

दैनिक नेपाल २०७८ साउन १९ गते १४:३१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद सुल्झाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गरेको हो ।

उक्त विवादको छानबिन गर्न राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन गरेको हो । समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्रवन्दना राई, अर्जुन विक, नारायण अर्याल र सरोज पोखरेल सदस्य छन् ।

राखेपले समितिलाई सात दिनभित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । एन्फाले मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले सोमबार राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित