४ मंसिर २०८३, शुक्रबार

खड्का एमालेको काठमाडौं जिल्ला कमिटीको कार्यालय सचिवमा नियुक्त

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । एमालेको काठमाडौं जिल्ला कमिटीको कार्यालय सचिवमा बिदुरविक्रम खड्का नियुक्त भएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीको साउन १६ गते बसेको बैठकले खड्कालाई कार्यालय सचिवमा चयन गर्ने निर्णय गरेको हो ।

एमालेको काठमाडौं जिल्ला कमिटीमा लामो समयदेखि क्रियाशील रहेका खड्काले गणेश मावि बुढानिलकण्ठको स्ववियु सभापतिमा निर्वाचित भएसंगै सक्रिय राजनीति शुरु गरेका थिए ।