शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

चेल्सीले रोमेलु लुकाकुलाई क्लबमा भित्र्याउने

दैनिक नेपाल २०७८ साउन १९ गते ७:४६

लण्डन, १९ साउन । प्रिमियर लिग क्लब चेल्सीले पूर्व खेलाडी रोमेलु लुकाकुलाई क्लबमा भित्र्याउने तयारी गरेको छ । यसका लागि क्लबले इटालियन क्लब इन्टर मिलानलाई ‘राम्रै’ अफर दिने तयारी गरेको छ ।

गोल डटकमका अनुसार लुकाकुलाई भित्र्याउन दिइने ‘अफर’ मा चेल्सीले मार्कोस अलोन्सोलाई पनि इन्टरलाई दिने प्रस्ताव राख्ने बुझिएको छ । इन्टर मिलानको आर्थिक समस्याका कारण ठूलो अफर प्रस्तुत गरे क्लबले बेल्जियन खेलाडीलाई बेच्न तयार हुने अपेक्षा चेल्सीको छ ।

इटालियन च्याम्पियनसँग प्रशिक्षणमा फर्किएका लुकाकुले आफू नयाँ सिजनको प्रतीक्षामा रहेको बताउँदै क्लबमा नै रहन चाहेको सङ्केत गरेका थिए ।

इन्टरका प्रमुख कार्यकारी अधिकृत गुइसेपे मारोटाले पनि लुकाकुलाई तत्कालै नबेच्ने स्पष्ट पारेका छन् ।

चेल्सी भने नयाँ सिजनका लागि स्ट्राइकरको खोजीमा रहेको छ । क्लबले भेटरान स्ट्राइकर ओलिभए जिरुलाई बेचिसकेको छ भने लुकाकुसँगै अर्लिङ हलान्ड र ह्यारी केनलाई पनि सम्भावित सूचीमा राखेको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित