शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्ने स्वास्थ्यराज्यमन्त्रीको दाबी

मन्त्री रहुञ्जेल व्यावसायिक संस्थाबाट राजीनामा र सरकारी सेवा नलिने घोषणा

दैनिक नेपाल २०७८ साउन १८ गते १३:३५

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् ।

आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् । चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने उनले बताएका छन् ।

त्यस्तै भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनको भनाइ छ ।

हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने उनको दाबी छ ।

मन्त्री रहुञ्जेल व्यावसायिक संस्थाबाट राजीनामा र सरकारी सेवा नलिने घोषणा

यसैबीच स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आफू मन्त्री रहुञ्जेलसम्म आफू संलग्न व्यावसायिक संस्थाबाट राजीनामा दिने तथा कुनै पनि सरकारी सेवा तथा सुविधा नलिने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित