बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते

दैनिक नेपाल २०७८ साउन १८ गते १२:२९

बागलुङ, १८ साउन । बागलुङको गल्कोट नगरपालिका–१ चौराहमा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट बागलुङको बुर्तिबाङका लागि जाँदै गरेको रात्री बस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो । बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरिलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ का विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुँवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ बडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन् ।

प्रतिक्रिया
सम्बन्धित