शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आज देशभरको मौसम प्रतिकुल रहने, केही प्रदेशमा भारी वर्षाको सम्भावना

दैनिक नेपाल २०७८ साउन १८ गते ११:५८

काठमाडौं, १८ साउन । आज पनि देशभरको मौसम प्रतिकुल रहने तथा केही प्रदेशहरूमा भारी वर्षाको सम्भावना छ ।

हाल प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । सोमबार राति प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित