वीरेन्द्रनगर, १८ साउन । सुर्खेतकी युवती विमला कँडेलले परीक्षा बिग्रिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् ।
पञ्चपुरी नगरपालिका– ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ वर्षीया कँडेलले आत्महत्या गर्नुअघि सुसाइड नोट समेत लेखेको प्रहरीले बताएको छ ।
प्रहरी स्रोतका अनुसार सुसाइड नोटमा उनले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ ।











प्रतिक्रिया