बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तेलको ट्याङ्कर आक्रमणमा इरानको संलग्नता, अमेरिका–बेलायतले बदला लिने

दैनिक नेपाल २०७८ साउन १८ गते १०:३९

लण्डन, १८ साउन । दुई जनाको ज्यान जाने गरेर तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।

यसअघि इजरायलले पनि इरानमाथि यस्तो आरोप लगाएको थियो । बेलायतका विदेश मन्त्री डोमिनिक राबले इरानले एक वा त्यो भन्दा बढी ड्रोनको प्रयोग गरी ट्याङ्करमाथि आक्रमण गरेको हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।

इरानले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको पनि उनले बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले पनि आक्रमणमा इरानको संलग्नता रहेकोमा आफूहरू विश्वस्त रहेको बताए ।

उनले घटनाको उपयुक्त जवाफ दिइने चेतावनी दिएका छन् । बिहीवार ओमानी तटमा इजरायलको स्वामित्व रहेको कम्पनीले सञ्चालन गरेको तेल बोक्ने पानी जहाजमा आक्रमण हुँदा चालक दलका एक बेलायती र एक रोमानियाका नागरिकको ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित