शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चोरी भएको छिन्नमस्ता देवको मुकुटसहित चोर पक्राउ

दैनिक नेपाल २०७८ साउन १८ गते ९:०२

राजविराज, १८ साउन । मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तिबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ ।

मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

स्थानीय राजेशकुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको उनले बताए । मानसिक रुपमा अस्वस्थ रहेका मण्डलसम्म मुकुट कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको धमलाले बताएका छन् ।

छिन्नमस्ता गाउँपालिका–३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएपछि खोजीका लागि भारतीय सीमा नाकासमेत बन्द गरी चोर खोज्ने काम गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित