
काठमाडौं, १७ साउन । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामनापत्र प्रदान गरेका छन् ।
सो अवसरमा नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको कामको बारेमा जानकारी गराएका थिए । विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताए ।
प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए । ‘बैंक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गराएका थियौ,’ सचिव भण्डारीले भने, ‘प्रधानमन्त्रीज्यूले देशभरका सहकारीक्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैक खोल्नु आवश्यक रहेको आसय व्यक्त गर्नुभएको छ ।’
नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धित निकायसंग परामर्श लिने धारणा प्रधानमन्त्रीले राखेका थिए । शुभकामना आदानप्रदान गर्ने क्रममा प्रम देउवाले राखेको धारणाबारे जानकारी दिँदै सचिव भण्डारीले भन्नुभयो, ‘सहकारी बैक खोल्ने विषयमा विभागले थप प्रकृया थाल्ने छ ।’















प्रतिक्रिया