शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

शान्ता जिसीको तीजगीत ‘घरबारी’ सार्वजनिक

दैनिक नेपाल २०७८ साउन १७ गते २२:२३

काठमाडौं । महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै तिजका गीत सार्वजनिक हुने क्रम बढेको छ ।

यसैबीच गायिका शान्ता जिसीको स्वर रहेको नयाँ गीत ‘घरबारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्रेम सापकोटा सोनु र शान्ता जिसीको स्वर रहेको गीतलाई प्रेम सापकोटाले लिरिक्स तयार पारेका हुन् । गीतमा उनकै म्युजिक छ ।

महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार गीत मालाश्रीमा रेकर्ड गरिएको हो । यसको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियोमा रामजी खाँड र अनु पराजुली लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

शान्ता जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत छोटो समयमै चर्चामा छ । यसअघि गायिका जिसीले सार्वजनिक गरेका गीतहरु ‘जापानिज साडी’, ‘वरीलै’, ‘बाहिर कुरा नगर’लगायत गीत चर्चित बनेका थिए ।

यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ । बाचा, तिम्रो बचन लगायतका अरु आधा दर्जन गीतमा स्वर भरेकी उनी लामो समयदेखि जापान बस्दै आएकी छन् । उनले हरेक वर्ष तीजका समयमा तीज गीत ल्याउने गरेकी छन् भने अन्य बेलामा समेत फ्याट्टफुट्ट गीत सार्वजनिक गरिरहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित