१७ कार्तिक २०८३, मंगलबार

मोटरसाईकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट२ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई बिशेष निग्रानी गर्न, सुचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न विशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सूचना संकलन र निग्रानीपश्चात हिजो साँझ पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनै जनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने रखोजतलास गर्ने कार्य भईरहेको उनले बताए ।

भक्तपुर सरस्वती खेलका बासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ सालमा हराएको उक्त मोटरसाईकलसहित रामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ वर्षे विशेष लिम्बु पक्राउ परेका हुन ।

वास्तविक नं बा९७प १३०५ भएको कालो, रातो रङको १५० सी.सीको उक्त पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि बा९५प ४१६८ भएको अवस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरि पशुपति क्षेत्रबाट हराएको किर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नंको कालो एनएस पल्सरको बास्तबिक नम्बर परिबर्तन गरि बा९१प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाईकलसहित तिनै जनालाई थप अनुसन्धान एव कानूनी कारवाहीको लागि प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।