
काठमाडौँ, १७ साउन । नेकपा एमाले स्थायी कमिटी बैठक सोमबार पुनः बस्ने भएको छ ।
आइतबार ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको बैठकले सोमबार दिउँसो ३ बजेका लागि बस्ने निर्णय गरेको हो ।
नेता माधवकुमार नेपाल पक्षकै आग्रहमा आजको लागि सारिएको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए । तर नेपाल पक्ष चाँहि सहभागी भएनन् ।












प्रतिक्रिया