१७ कार्तिक २०८३, मंगलबार

पार्टीलाई एकतावद्ध बनाउन सबै प्रयास गर्ने एमालेको निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरेको छ ।

आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने निर्णय गरेको हो ।

पार्टी महासचिव ईश्वर पोखरेलले पार्टीको एकताका लागि गर्नुपर्ने सबै प्रयास गरिने निर्णय भएको जानकारी दिए ।

पोखरेलले पार्टीलाई जेठ २ कै टाइमलाइनअनुसार अघि बढाउने र असन्तुष्ट पक्ष पनि समटिन सक्ने बताए ।

उनले भने, ‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो ।’