३ कार्तिक २०८३, मंगलबार

शिल्पा शेट्टीले २५ करोड क्षतिपूर्ति दाबी गर्दै २९ वटा मिडियाविरुद्ध हालिन् मानहानी मुद्दा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । आफ्नो छवी बदनाम गरेको आरोप लगाउँदै बलिउड नायिका शिल्पा शेट्टीले २९ वटा मिडिया हाउस तथा विभिन्न युट्युब च्यानलविरुद्ध मुम्बई उच्च अदालतमा मानहानी मुद्दा दायर गरेकी छिन् ।

उनले ती मिडिया हाउस तथा युट्युब च्यानलसँग २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन् । पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारको आरोपमा गत २९ जुलाइमा पक्राउ परेपछि मिडियाले आफ्नो बदनाम गर्दै भ्रामक समाचार प्रकाशन गरेको उनको भनाइ छ ।