८ कार्तिक २०८३, आइतबार

विकासका लागि जनताले फेरि एमालेको सरकार पर्खिरहेका छन् : मुख्यमन्त्री पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देशको विकासमा लागि जनताले फेरि नेकपा एमालेको सरकार पर्खिरहेको बताएका छन् ।

मुलुकमा अदभुत विकास निर्माणको कामलाई निरन्तरता दिन एमाले नेतृत्वकै सरकार आवश्यक रहेको चर्चा गर्दै पोखरेलले सो कुरा बताएका हुन् । हिजो शनिबार युवासंघ नवलपरासीले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अर्को निर्वाचनपछि एमालेले बहुमतसहित सरकारको नेतृत्व गर्ने दाबी समेत गरेका छन् ।

पछिल्लो १०० वर्षमा नभएका विकास निर्माण ओली सरकारले एक वर्षमा गर्ने योजना अगाडि सारेको भन्दै उनले त्यसको निरन्तरताका लागि पनि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाइ थियो ।

पार्टी र दलहरूबीच चलिरहेको आन्तरिक तथा बाह्य किचलोका कारण सरकारले गरेका कयौं कामकोबारे चर्चा हुन नसकेको बताउँदै उनले निवर्तमान सरकारले गरेका कामहरूको प्रभावकारिता आगामी दिनमा देखिँदै जाने पनि उनले बताएका छन् ।

कतिपय कामहरू निवर्तमान सरकारले गरेको भए पनि वर्तमान सरकारले समेत त्यसको जस लिन लागि परेको पोखरेलको भनाइ छ ।