बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ब्राजिलमा गर्मी महिनामा पनि आयो हिउँ आँधी, ६४ वर्षपछिको दुर्लभ घटना

दैनिक नेपाल २०७८ साउन १७ गते १३:४२

ब्राजिल, १७ साउन । विश्वका धेरैजसो स्थानमा अत्यधिक गर्मी भइरहेको बेला ब्राजिलमा भने दुर्लभ घटना भएको छ ।

६४ वर्षको अवधिमा पहिलोपटक ब्राजिलमा गर्मी मौसममा हिउँ आँधी आएको छ । हिउँ आँधीले अहिले ब्राजिलका ४३ वटा सहरका धेरै भाग हिउँले ढोकेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

सहरमा तीन इन्च हिउँ जमेको बताइएको छ । ती सहरमा तापक्रम पनि माइनस ८ डिग्रीसम्म पुगेको छ । यसले गर्मीको समयमा ब्राजिलमा जाडो बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित