
सिन्धुपाल्चोक, १७ साउन । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।
आज आइतबार बिहान करिब ८ बजेको समयमा उक्त पुल बगाएको स्थानीयवासीले बताएका छन् । मेलम्ची–७ र ८, पाँचपोखरी १, २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा रहेको उक्त पुल बगाएपछि यस क्षेत्रको सडक सम्पर्क टुटेको छ ।
त्यस्तै बाढीले ग्यालथुममा रहेको अर्को एउटा झोलुङ्गे पुल पनि बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची अझै उर्लिरहेकाले थप क्षतिको अनुमान समेत गरिएको छ ।
रातीको बाढी पछि हेलम्बुको चनौटे बजारबाटै नदि बगेको स्थानीयले जानकारी दिएका छन् । राती बाढी आएपछि नदि आसपासका स्थानीयमा भागदौड भएको थियोे ।















प्रतिक्रिया