
कैलाली, १६ साउन । भजनी नगरपालिका–९ पचमुडियास्थित कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालिकाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही नगरपालिका–डमपुर बस्ने धन बहादुर सिंहकी छोरी ९ वर्षीया लक्ष्मी कुमारी सिंह, सोही ठाउँ बस्ने रामफल चौधरीकी छोरी ७ वर्षीया जेनी चौधरी र धन बहादुर सिंहकी छोरी ६ वर्षीया अनु सिंह रहेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया