आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

थप ३ हजार १०६ जनामा कोरोना पुष्टि, २३ को मृत्यु, १९ सय १६ निको

दैनिक नेपाल २०७८ साउन १६ गते १७:३०


काठमाडौँ, १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार २६३ र एन्टिजेन विधिबाट ४ हजार २५६ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार १०६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ७३९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ जना रहेको छ ।

हालसम्म १७ लाख ४५ हजार ९०३ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित