सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

छिमेकी मुलुकका नागरिकसँग असल व्यवहार गर्न मोदीले दिए इन्डियन पुलिस सर्भिसलाई निर्देशन

दैनिक नेपाल २०७८ साउन १६ गते १४:१०

काठमाडौं, १६ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो छिमेकी मुलुकहरूसँग असल व्यवहार गर्न इन्डियन पुलिस सर्भिस (आईपीएस)लाई निर्देशन दिएका छन् ।

महाकाली नदी तर्दै गरेका नेपाली नागरिक भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको घटनाको भोलिपल्ट प्रधानमन्त्री मोदीले आफ्ना प्रहरी अधिकृतहरूलाई यस्तो निर्देशन दिएका हुन् । आईपीएस अफिसरहरूसँगको अन्तरसंवादमा मोदीले भारतका छिमेकी मुलुकहरू तिनका नागरिकहरूसँग असल व्यवहार गर्न निर्देशन दिएका हुन् ।

छिमेकी देशहरू भारतको सुख, दुःखका साथी पनि भएको स्मरण गराउँदै मोदीले भारतीय सुरक्षाकर्मीले सधैँ शत्रुवत व्यवहार गर्ने गरेको गुनासोप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाल होस्, भुटान होस्, माल्दिभ्स होस् या मौरिसस, हामी (भारत) उनीहरूका छिमेकी मात्र होइनौँ, हाम्रो सोच र सामाजिक तौरतरिकामा पनि धेरै समानता छ,’ मोदीले भने, ‘हामी सबै सुख, दुःखका साथी हौँ । जब कुनै विपत्ति आउँछ, सबैभन्दा पहिले हामी एकअर्कालाई मद्दत गर्छौँ ।’

महाकालीमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकप्रति गरेको अमानवीय घटनाको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित